एभर्टनको प्रिमियर लिगमा लगातार तेस्रो जित

एभर्टनको प्रिमियर लिगमा लगातार तेस्रो जित

अपन दैनिक संवाददाता
असोज १०, २०७७ मा प्रकाशित
२३० पटक पढिएको
एभर्टनको प्रिमियर लिगमा लगातार तेस्रो जित

एजेन्सी । प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो । 
क्रिस्टल प्यालेसको घरेलु मैदान सेल्हास्र्ट पार्क स्टेडियममा भएको खेलमा एभर्टनको जितका लागि डोमिनिक काल्भर्ट लेविन र रिचर्लिसनले एक एक गोल गरे । घरेलु टोलीका लागि चेइखोउ कोउयाटेले एक गोल फर्काए । 
खेलका तीन वटै गोल पहिलो हाफमा भएका थिए । खेलको दसौैं मिनेटमा पाहुना टोली एभर्टनले अग्रता लियो । सेउमस कोलेमनको पासमा काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिए । २६ औं मिनेटमा कोउयाटेले गोल गर्दै खेल बराबारीमा ल्याए । उनले अन्द्रोस टाउनसेन्डको कर्नर प्रहारमा हेडर मार्फत गोल गदै खेल बराबीमा ल्याएका थिए । 
४० औं मिनेटमा रिचर्लिसनले गोल गर्दै एभर्टनलाई पुनः अग्रता दिलाए । क्रिस्टल प्यालेसका खेलाडीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि पाएको पेनाल्टी अवसरमा रिचर्लिसनले गोल गरेका हुन् । त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल क्रिस्टल प्यालेस २–१ गोलले पराजित भएको हो । 
यस जितसँगै एभर्टनले लिगका तीन खेलमा नौं अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता क्रिस्टल प्यालेसको भने पहिलो हार हो । तीन खेल खेलको प्यालेसको छ अंक छ । 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित