अपन दैनिक संवाददाता, सिरहा । सिरहा सदरमुकाम स्थित महावीर चौकमा सोमवार देखि श्री गणेश चतुर्थी पाचौं महोत्सव (मेला) शुरु भएको छ । सिरहा गणेश पुजा समिति सिरहाको आयोजनामा सिरहा नगरपालिका वडा नं. १ महाविर चौक स्थित लक्ष्मी नारायण मन्दिरको प्राङ्गनमा सोमवार देखि सुरु भएको छ । चतुर्थी महोत्सवमा गणेश भगवानको १० फिटको प्रतिमा स्थापन गरि एउटै ध्यूको ३११ किलोको लड्डु भोग लगाइने र भजन किर्तन, प्रसाद वितरण आरतीका साथै भक्ती जागरण गरिने मेला समितिले वताइएको छ । उक्त महोत्सवमा विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमको साथै भारतको महसुर जागरणको सांस्कृतिक कार्यक्रम भाद्र १९ गते बिहीबार बेलुका हुने समितिका सदस्य सोनु महराले बताएकाछन् ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित