जनकपुरमा एक युवकले खिचेको भिडियोमा यूएफओ देखियो ! पुष्टि गर्न नासा पठाइयो

जनकपुरमा एक युवकले खिचेको भिडियोमा यूएफओ देखियो ! पुष्टि गर्न नासा पठाइयो

अपन दैनिक
श्रावण ७, २०७८ मा प्रकाशित
६७१७ पटक पढिएको
जनकपुरमा एक युवकले खिचेको भिडियोमा यूएफओ देखियो ! पुष्टि गर्न नासा पठाइयो

जनकपुर । गत आइतबार साँझ ५ बजेर १८ मिनेटमा जनकपुरको गंगा सागरबाट खिचिएको एक भिडियोमा यूएफओ (Unidentified flying object) देखिएको दाबी गरिएको छ । जनकपुरका व्यवसायी सेवइ यादवले २७ असारमा खिचेको भिडियोमा यूएफओ देखिएको भन्दै प्रमाणिकताका लागि नासा र काठमाडौंस्थित अमेरिकन दूतावासलाई समेत इमेल गरेका छन् ।

यादव आफ्ना साथी सरोजकुमार साहसित हरेक दिनजसो साँझ गंगा सागरमा डुल्न निस्कन्छन् । त्योदिन गंगा सागरको वाटर फाउन्टेन उनलाई मनमोहक लाग्यो । आकाश पनि सफा र निलो देखिँदा यादवले वाटर फाउन्टेनलाई पृष्ठभूमिमा राखेर धेरैजसो भाग अकाशतिर तेर्साएर मोबाइलमा भिडियो खिच्न थाले ।

सामसुङ एस–८ प्लस मोबाइलबाट ६ सेकेन्ड जतिको भिडियो खिचेपछि यादवले ‘कस्तो आयो’ भनेर एक–दुई पटक रि–प्ले गरेर हेरे । ‘गंगा सागरमा एकछिन बसेर हामी घर फर्कियौं,’ यादवले भने, ‘राति ध्यानपूर्वक भिडियो हेर्दा कालो ड्रोनजस्तो केही वस्तु उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको देखियो ।’

यादवले खिचेको ६ सेकेन्डको भिडियोमा एक सेकेन्डसम्म त्यो वस्तु देखिएको छ । यादवले १ सेकेन्डमा देखिएको त्यो वस्तुसहितको भिडियोलाई ४१ सेकेन्डमा स्पान गरेर फेरि हेरे । ‘ड्रोनजस्तो कालो रंगको त्यो वस्तुमा दुवैतिर पखेटा पनि देखियो,’ यादवले भने, ‘३–४ दिन समय लगाएर युट्युव र अन्यतिर पनि खोजतलास गर्दा यो यूएफओ नै रहेको हाम्रो दाबी छ ।’

यादव र साहले त्यो भिडियोको स्क्रीन सटसहित गत बुधबार नासालाई एउटा इमेल पठाएका छन् । ‘मैले खिचेको भिडियोमा यूएफओजस्तो वस्तु देखिएको छ । स्क्रीन सट पठाएको छु । के हो ? अनुसन्धान गर्ने भए फुटेज पठाउँछु भनेर नासालाई इमेल लेखे,’ साहले भने, ‘नासाबाट इमेलको कुनै जवाफ आएको छैन ।’

अमेरिकी दूतावासमार्फत जाँदा सजिलो हुने कसैले सुझाएपछि यादव र साहले दूतावासलाई १५, २० र २१ जुलाई गरी तीन पटक इमेल लेखे । दूतावासको कर्मचारी भनेर पुरन चन्दले ह्वाट्स एपमा उनीहरूसँग भिडियोको फुटेज मागे । ‘पर्सनल नम्बरमा फुटेज मागे । विश्वास नलागेर दिएको छैन,’ यादवले भने ।

यादव र साहले आफूले खिचेको भिडियोमा यूएफओ नै देखिएको दाबी गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोला र नेपाल प्रहरीका डीआईजी उमेश रञ्जितकारसँग भेटेर पनि आफूहरुको दाबी प्रमाणित गराउन सहयोग गर्न आग्रह गरेका छन् ।

– शिलापत्र

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित