यातायात व्यवसायीको आन्दोलनले यात्रीलाई सास्ती

यातायात व्यवसायीको आन्दोलनले यात्रीलाई सास्ती

अपन दैनिक
श्रावण ७, २०७८ मा प्रकाशित
१२६ पटक पढिएको
यातायात व्यवसायीको आन्दोलनले यात्रीलाई सास्ती

काठमाडौं । यातायात व्यवसायी यातायातका साधनसहित आन्दोलनमा उत्रिएका छन् । उनीहरुको आन्दोलनले सडक जाम हुनुका साथै यात्रीलाई गन्तव्यमा पुग्न सकस भएको छ ।

बिहीबार सातबुँदे मागसहित सार्वजनिक यातायात केन्द्रीय महासंघमा आबद्ध व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । माग पूरा गर्न दबाब दिँदै व्यवसायी यातायातका साधनसहित एकान्तकुनास्थित यातायात व्यवस्था विभाग पुगेका थिए ।

कोभिड–१९ विरुद्धको खोप सबै चालक, सहचालकलाई लगाउनुपर्ने, २० वर्षमाथि पुगेका सबै सवारीको अवधि थप्नुपर्ने, यातायातको भाडा र ट्याक्सीको सुरुवाती कल समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, मौद्रिक नीतिसम्बन्धी भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने र यातायातको बिमा छुट गर्नुपर्ने भन्दै उनीहरुले यातायात व्यवस्था विभागको कार्यालय घेरेका हुन् ।

ktm-2 ktm-3

 

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित