घुस दिन खोजेको आरोपमा मदिरा कारोबारी पक्राउ

घुस दिन खोजेको आरोपमा मदिरा कारोबारी पक्राउ

अपन दैनिक
श्रावण ४, २०७८ मा प्रकाशित
१३२ पटक पढिएको
घुस दिन खोजेको आरोपमा मदिरा कारोबारी पक्राउ

काठमाडाैं । घुस दिन खोजेको आरोपमा प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ। 

प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि उदयपुरस्थित त्रियुगा नगरपालिका ११ बस्ने टिकाबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शुक्रबार प्रहरीले ज १च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो। 

पिकअपमा बियर, विभिन्न ब्राण्डका रक्सि, गुट्खा र किराना सामान फेला परेको थियो। करिब १ लाख २० हजार मूल्य पर्ने सामानको बिल, भरपाई र भन्सार जाँचपास कागज देखाउन नसकेपछि प्रहरीले सो गाडी नियन्त्रणमा लिएको थियो।

उक्त सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीले बरामद गरेको सामान आवश्यक कारवाहीका लागि सोमबार करदाता सेवा कार्यालय गाईघाटमा बुझाएको छ। 

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित