भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

रासस
श्रावण २, २०७८ मा प्रकाशित
२२९ पटक पढिएको
भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । 

जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु ३४ हजार १४० का दरले रु १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही रु ६५ हजारका दरले कूल रु एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेसातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले जनाएको छ । “किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ”, प्रमुख ढकालले भने, “कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।” 

नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैँसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैँसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताए ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित