६ विवाह मण्डपबाट भागेकी कटरीना

६ विवाह मण्डपबाट भागेकी कटरीना

अपन दैनिक
श्रावण १, २०७८ मा प्रकाशित
१८६ पटक पढिएको
६ विवाह मण्डपबाट भागेकी कटरीना कटरीना कैफ

मुम्बई(आजतक) । अभिनेत्री कटरीना कैफ बलिउडको ठूलो नाम हो । सन् २००३ मा बलिउडमा डेब्यू गरेपछि कटरीनाले कैयौं भूमिका निर्वाह गरेकी छन् । यी भूमिकामा उनले निभाएको बेहुली भूमिका निकै हिट छ ।

कटरीनाले कैयौं फिल्ममा यस्तो महिलाको भूमिका निभाएकी छन्, जो विवाहको तयारीमा हुन्छिन् । तर उनी बेहुली बनेको फिल्ममा उनी विवाह मण्डपबाट भाग्ने गरेकी छन् ।

फिल्म ‘अजब प्रेमकी गजब कहानी’मा कटरीनाले अभिनेता रणवीर कपूरको प्रेमिकाको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा जेनीको भूमिकामा देखिएकी कटरीनाले प्रेमीसँग विवाह गर्ने तयारीमा हुन्छिन् । तर अन्त्यमा उनले आफ्नो प्रेम रणवीर कपूरसँग रहेको अनुभव गरेपछि उनी विवाह मण्डपबाट भाग्छिन् ।

फिल्म ‘नमस्ते लण्डन’मा कटरीनाको वैवाहिक लुक्स निकै आकर्षक थियो । यद्यपि यो फिल्ममा उनी आफ्नो विवाहबाट भागेर पहिलो पति अक्षय कुमारको ठाउँमा पुग्छिन् ।

कटरीनाले अभिनेता अक्षय कुमारसँग फिल्म ‘सिंह इज किङ’मा अभिनय गरेकी छन् । फिल्ममा कटरीनाको विवाह उनको अर्को दुलाहा रणवीर शोरेसँग हुने तामझाम भइरहेको हुन्छ । तर उनलाई आफ्नो वास्तविक प्रेमी अक्षय हो भन्ने थाहा भएपछि उनी भागेर अक्षयलाई भेट्न पुग्छिन् ।

फिल्म ‘पार्टनर’मा अभिनेता सलमान खानले निकै मेहनत गरेर गोविन्दा र कटरीनाको मन जोड्छन् । तर कटरीनाको धनी पिताले उनको विवाह अझ धनी केटासँग गराउन चाहन्छन् । यद्यपि कटरीनाको हुन लागेको विवाहमा गोविन्दा, सलमान र लारा दत्त पुग्छन् ।

यसबाहेक कटरीना फिल्म ‘मैंने प्यार क्यों किया’ र ‘मेरे ब्रदर की दुल्हन’मा पनि विवाहको मण्डपबाट भागेकी छन् ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित