सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान

अपन दैनिक संवाददाता
असार ३१, २०७८ मा प्रकाशित
१८३८ पटक पढिएको
सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान

सिरहा । सिरहा मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका आरोपित तीन जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सिरहाले घटनाका अभियुक्त मिर्चैया-६ का ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत २२ जेठमा साँझ पसलमै बसिरहेका मिर्चैया नगरपालिका-६ स्थित सिद्धी मेडिकोका सञ्चालक स्थानीय ४० वर्षीय रामसागर साफीमाथि गोली प्रहार भएको थियो । मास्क लगाएर समूहमा आएका उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको देव्रे खुट्टाको तिघ्रा र देव्रे हातको कुहिनामा गोली लागेको थियो ।

प्रहरीअनुसन्धानमा रामसागरका आफ्नै सहोदर दाइ सूर्यदेवले उनीमाथि गोली प्रहार गर्न लगाएको खुलेकाे थियाे । 

सूर्यदेवले पारिवारिक रिसइबी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई ‘सुपारी’ दिई रामसागरको ज्यान लिने प्रयास गरेको कुरा प्रहरी अनुसन्धानबाट खुलेपछि प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

Apan Dainik News

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित