अनलाइन कक्षाले बालबालिकालाई तनाव

अनलाइन कक्षाले बालबालिकालाई तनाव

अपन दैनिक
असार ३०, २०७८ मा प्रकाशित
२२४ पटक पढिएको
अनलाइन कक्षाले बालबालिकालाई तनाव

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरकी राधिका महर्जनकी १ कक्षामा अध्ययनरत ७ वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन ।

राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, ‘विद्यालय जाँदा जहिले खुशी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।’

अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गंगा पाठकले शुरूमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताइन् ।

उनका अनुसार चञ्चले स्वभावका कारण बालबालिका लामो समयसम्म एकै स्थानमा बस्न सक्दैनन् । पढाइका लागि अधिकांश समय एक्लै बस्नुपर्ने हँुदा उनीहरूले दबाब अनुभव गर्ने गरेको विज्ञहरूको भनाइ छ । उनले बालबालिकामा रुने, खान मन नगर्ने, डराएको जस्तो गर्ने, टोलाउनेजस्ता समस्या देखिएमा चिकित्सककहाँ लैजान सुझाव दिइन् ।

‘बालबालिकाका लागि दौड, साइक्लिङ, नाचगानजस्ता व्यायाम आवश्यक हुन्छन्,’ उनले भनिन्, ‘यस्ता व्यायामले एन्डोर्फिन हार्मोन बढाउन मद्दत गर्छ । एन्डोर्फिन हार्मोनले मस्तिष्क दुःखाइ र तनावको तह कम गर्छ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. रवि शाक्यले बालबालिका, किशोरकिशोरी, वयस्क वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिमा तनाव हुने र दैनिक क्रियाकलापमा असहज महसूस हुँदा हुने दबाबले तनाव उत्पन्न हुने बताए ।

उनले अभिभावकले बालबालिकालाई प्रत्येक व्यक्ति आफ्नो स्थानमा विशिष्ट हुन्छ भन्ने सिकाउनु जरुरी रहेको बताउँदै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने सिकाउनुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार पछिल्लो समय विश्वभर मानसिक समस्या निकै बढेको पाइएको छ । सर्वेक्षणअनुसार मानसिक समस्या भोगिरहेकामध्ये करीब ७२ प्रतिशत बालबालिका र किशोरकिशोरी छन् । गोरखापत्र दैनिकमा खबर छ ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित