पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

अपन दैनिक
असार २८, २०७८ मा प्रकाशित
३०१ पटक पढिएको
पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट जनताको सेवा गर्नेछ । रजनीकान्तले गत बर्षको डिसेम्बर २९ मा आफ्नो स्वास्थ्य अवस्थाका कारण चुनावी राजनीतिबाट आफूलाई टाढा राख्ने निर्णय लिएका थिए ।

उनले, सो समयमा एक पत्र लेख्दै राजनीतिमा नउत्रिएपनि जनताको सेवा भने निरन्तर गर्ने उल्लेख गरेका थिए ।

उनले, यो फैसलाबाट आफ्ना फ्यानहरु निराश भएपनि आफूलाई माफ गरिदिन आग्रह गरेका छन् । रजनीकान्त केही दिन अगाडि मात्र अमेरिकामा उपचार गरेर फर्किएका थिए । उनलाई डाक्टरले एक्सनका दृश्य नगर्न सुझाव दिएका छन् ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित