५२ वर्षपछि इटाली युरोपियन च्याम्पियन

५२ वर्षपछि इटाली युरोपियन च्याम्पियन

अपन दैनिक
असार २८, २०७८ मा प्रकाशित
९८ पटक पढिएको
५२ वर्षपछि इटाली युरोपियन च्याम्पियन

लन्डन । युरोकप–२०२० को च्याम्पियन इटाली बनेको छ । सोमबार राति भएको फाइनलमा इटालीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो ।

यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा उपाधि जितेको थियो । 

इङ्ल्यान्डको लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको समयमा १–१ बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई वटा प्रहार बचाएका थिए । तर तीन जना खेलाडी गोल गर्नबाट चुकेपछि इटाली युरोपियन च्याम्पियन बनेको हो ।

खेलको सुरुवाती दोस्रो मिनेटमै इङ्ग्ल्यान्डले अग्रता लिएको थियो । उसका लागि ल्युक शले गोल गरेका थिए । तर दोस्रो हाफमा खेलको ६७औं मिनेमा इटालीका लिओनार्दो बोनुचीले बराबरी गोल गरे । त्यसपछि दुवै टिमले गोल थप्न सकेनन् ।

सन् १९६० देखि हरेक ४-४ वर्षमा हुँदै आइरहेको युरोकपको अर्को संस्करण अब जर्मनीले २०२४ मा आयोजना गर्नेछ ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित