बाल्यकालमा बदमास थिइन् प्रियंका चोपडा

बाल्यकालमा बदमास थिइन् प्रियंका चोपडा

अपन दैनिक
असार २७, २०७८ मा प्रकाशित
११९ पटक पढिएको
बाल्यकालमा बदमास थिइन् प्रियंका चोपडा

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडालाई नचिन्ने शायदै कोहि होला ।

सबैको मनमा बस्न सफल प्रियंका भने बाल्यकालदेखि नै धेरै बदमास थिइन् ।

उनको बदमासीका कारण नै उनलाई होस्टेलसम्म राख्नु परेको उनी स्वंयले बताएकी छिन् ।

चुलबुली प्रियंकाले आमा–बुबालाई धेरै नै दुस्ख दिन्थिन् ।

उनलाई तीन कक्षा पढ्दादेखि नै होस्टेल राख्नु परेको थियो ।

बाल्यकालमा आफूलाई नाईँ भन्न एकदम रमाईलो लाग्ने र आमा–बुबाले भनेको सबै कुरालाई उनी नाईँ भन्थिन्, जसका कारण घरका सम्पूर्ण सदस्य चिन्तित हुन्थे ।

प्रियंका भन्छिन् –‘नाईँ भन्दा आफूलाई निकै शक्तिशाली महसुस हुन्थ्यो, तर मेरो यही बानीका कारण होस्टल पुग्नु परेको थियो ।’

प्रियंका बाल्यकालमा यति धेरै उपद्रो गर्थिन्, कहिलेकाहिँ त उनको उपद्रोहका कारण आमा–बुबा समस्यामा पनि पर्थे ।

एकपटक बाल्यकालमा उनी आफ्ना पितासंग आर्मी समुहमा खाना खाइरहेकी थिइन् ।

त्यही क्रममा उनले एउटा ठूलो हाकिमको नक्कल गर्न थालिन्, जसका कारण उनका पिता लज्जसपद हुनु परेको प्रियंकाले अन्तर्वार्ताको क्रममा बताएकी थिइन् ।

प्रियंका बाल्यकालमा बदमासको साथै धेरै बोल्ने बानी पनि थियो, जसका कारण उनलाई मिट्ठू भनेर बोलाइन्थो,जून नाम प्रियंकालाई मन पर्दैन थियो ।

प्रियंकाले प्रि–बोर्डबाट बच्नका लागि मिस इन्डिया प्रतियोगितामा भाग लिएको पनि बताएकी छिन् ।

उनलार्य पढाईमा त्यति रुचि थिएन, उनलाई भविष्यमा न त डाक्टर बन्नु थियो न इन्जिनियर नै ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित