आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

अपन दैनिक
असार २५, २०७८ मा प्रकाशित
३२२ पटक पढिएको
आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी  विभिन्न मुलुकमा उडान तालिका तय भएको थियो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुनेछ । यसमध्ये एउटा उडान नेपाल एयरलाइन्स (बुधबार) र अर्को उडान एयर इण्डिया (सोमबार) गर्नेछन् ।

यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक/एक उडान गर्ने भएका छन् ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक/एक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ ।

साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ ।

हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ ।

जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको छ ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउने छ ।

सरकारले अहिले हवाई उडान खुला गरेका गन्तब्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

तर, कोरोना भाइरसको महामारीको अवस्था हेरी तोकिएको तालिकामा समेत थपघट भने हुन सक्ने प्राधिकरणको भनाइ छ । सबै वायुसेवा कम्पनीले तोकिएका स्वास्थ्य मापदण्ड र आवश्यक कागजातको निश्चित गर्नुपर्छ ।

 

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित