खुलेको पहिलो दिन ५१ वटा उडान, ९० प्रतिशत सिट भरियो

खुलेको पहिलो दिन ५१ वटा उडान, ९० प्रतिशत सिट भरियो

अपन दैनिक संवाददाता
असार १७, २०७८ मा प्रकाशित
२६६ पटक पढिएको
खुलेको पहिलो दिन ५१ वटा उडान, ९० प्रतिशत सिट भरियो

काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान खुलेको पहिलो दिन ५१ वटा उडान भएका छन्। ५८ दिनपछि सुरु भएको उडान पहिलो ५१ वटा उडान भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। 

५९ वटा उडान गर्ने भनिएकोमा प्रतिकूल मौसमका कारण ८ वटा उडान हुन नसकेको नागरिक प्राधिकरणले जनाएको छ।

निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो। निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान सञ्चालन गर्ने हवाई उडान कम्पनीहरूले जनाएका छन्। 

बुद्ध एयरका अधिकृत गणेश ढकालका अनुसार एयरलाइन्सले मापदण्ड पालनाका लागि सबै सचेतना अपनाएको छ। पहिलो दिन ९० प्रतिशतभन्दा बढी सिट भरेर आन्तरिक उडान भएको उनले बताए।  

९० प्रतिशत भन्दामाथि सिट भरेर जहाज जहाज उडेको कम्पनीहरूले जनाएका छन्।

साविकको तुलनामा उडान संख्या ५० प्रतिशतमा झारिएको छ। बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार आज पहिलो दिन कम्पनीमा ३५ सय बुकिङ भएको छ।

कम्पनीले पाएका ३१ उडानको कुल सिट क्षमता ३ हजार ८ सय हो। ३५ सय सिट बिक्री उत्साहजनक अवस्था भएको उनले बताए।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिका जहाजमा समेत ९० प्रतिशत भन्दा माथिको औसतअक्कुपेन्सी देखिएको छ। सिमरा, विराटनगर, भद्रपुरजस्ता विमानस्थलबाट काठमाडौं आउने जहाजहरूको सिट भरिभराउ थियो। तर, काठमाडौंबाट बाहिरिने जहाजमा भने केही कम यात्रु थिए। औसतमा ९० प्रतिशत यात्रु भरिएको उनले जानकारी दिए।

नागरिक उड्डयन प्राधिकरणको उडान तालिकाअनुसार हरेक घण्टा ७ वटा मात्र उडान तोकिएको छ। हरेक यात्रुको तापक्रम मापन, हृयाण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेसशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरू अपनाइएका छन्।

लामो समयपछि खुलेको हवाई यात्रा सार्वजनिक बसको तुलनामा सुरक्षित हुने भएकाले समेत यात्रुको आकर्षण देखिएको कम्पनीहरूको भनाइ छ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित