“कोरोनाको समयकालमा कसरी कम गर्ने बालबालिकाका तनाव”

“कोरोनाको समयकालमा कसरी कम गर्ने बालबालिकाका तनाव”

अपन दैनिक संवाददाता
असार १३, २०७८ मा प्रकाशित
२९५ पटक पढिएको
“कोरोनाको समयकालमा कसरी कम गर्ने बालबालिकाका तनाव”

कोरोनाको पहिलो पछि दोस्रो लहरसँगसँगै संक्रमितहरुको संख्या र कोरोनाको कारण मृत्यु हुने क्रम हाल कायम रहेकोले अवरुद्ध शिक्षण सिकाइ प्रणालीलाई सूचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा नियमित पठन पाठन नभएसम्म आफ्नो अवस्था, स्तर क्षमता र परिवेश अनुकुल उपयुक्त वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई हुँदा बालबालिकाहरुको अधिकाशं समय घर परिवारमा रहनुपर्ने भएकोले केही बालबालिकाहरुमा विविध किसिमको तनाव उत्पन्न हुन सक्छ। यस्तो समयकालमा बालबालिकाहरुले फरक-फरक तरिका/ किसिमका प्रतिकिर्याहरु देखाउन सक्छ।

कोरोनाकालमा तनाव रहेका बालबालिकाहरुले देखाउन सक्ने प्रतिक्रियाहरु

एक्लै भएपछि डराउने फरक फरक विचारहरु मनमा आउने

घरायसी काम गर्न नमान्ने वा अभिभावहरुलाई नटेर्ने पनि हुन सक्छन्।

यस्तो समयमा कहिले काहीँ बालबालिकाहरुले आफ्नो साथीसँग कुनै पनि समस्या बताउन चाह्दैनन्।

कतिपय बालबालिका सधैँ एकान्तमा बस्न मन पाराउँछन्।

बालबालिकाहरुले अनावश्यक जोखिम लिन सक्छन्। उनीहरु अनावश्यक सोच्ने भाग्ने झैझगडा पनि गर्ने खालका हुन सक्छन्।

कोरोनाको समयकालमा तनाव कम गर्न बालबालिका स्वयमंले गर्न सकिने सावधानीहरु के के हुन सक्छन् त ?

उच्च मनोवल, आत्मविश्वास, आत्मसम्मान

आपसी सम्बन्ध रमाइलो बनाई खुसीपुर्ण जीवन निर्वाह गर्नु जरुरी हुन्छ।

अनावश्यक घरबाट बाहिर नजाने। तर अत्यावश्यक काम परेमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरेर सरकारका निर्देशनहरु पालना गर्दै सुरक्षित तवरबाट बाहिर जाने।

बाहिर हिँड्डुल गर्ने तथा प्राकृतिक वातावरणलाई अवलोकन गर्न जाँदा अनिवार्य मास्क लगाउने नियमित हात धुने र भौतिक दूरी कायम गरी सदैव सजक/सचेत रह्ने।

शान्त तथा मनमोहक दृश्य भएको ठाउँमा फोटो तथा भिडियो खिच्ने।

लामो सास लिने र मेरो मन शान्त छ भनेर मनमनै सोच्ने।

ध्यानपूर्वक प्रार्थना गर्ने।

खाली कुर्सीमा सिधा हेरी कोही बसिरहेको चनि कल्पना गरेर कुरा गर्ने।

आफूले खाने सन्तुलित आहारमा केही परिवर्तन गर्ने

नियमित सरसफाई गर्ने 

आफूले मनपर्ने गीत/संगीत सुन्ने/अध्ययनमा व्यस्त बनाउने, खोजी कार्य गर्ने, गृहकार्य गर्ने।

संगीतको तालमा जिउ तन्काउने/चलाउने।

शारीरिक व्यायाम गर्ने, एरोविक्स/योग अभ्यास गर्ने।

हातगोडा शरीर आदिमा मालिस गर्ने/गराउने।

साथीभाइसित फोन/SMS/Chat लगायत उपलब्ध माध्यबाट आफ्नो अनुभव र भावनाहरु आदान प्रदान गर्ने

आफ्नो सोचविचार र भावनाहरु पत्रपत्रिका तथा कथा, कविता, मार्फत प्रकट गर्ने।

टा९ बसेका साथि वा नातेदारसँग फोनमा कुराकानी गर्ने

जीवनमा सुधार गर्नु पर्ने कुराहरुको सूची तयार गर्ने

आफूलाई लागेको डरको अनुभूति गर्ने र त्यसलाई परिवर्तन गर्न सकारात्मक रुपले अघि बढ्ने

आफूले गरेका क्रियाकलाप तथा कामका लागि आफैलाई धन्यवाद दिई प्रोत्साहन गर्ने।

कोरोनाको कारण केही बालबालिकाहरुमा देखिएका तनाव कम गर्न अभिभावक वा स्याहारकर्ताद्वारा ध्यान दिनुपर्ने क्रियाकलाप

बालबालिकाहरुसँग नियमित कुराकानी गरी सँगै समय बिताउने।

उनीहरुको प्रश्न र कुराहरु ध्यान दिएर सुन्ने

उनीहरुलाई कुरा गर्न प्रोत्साहन गर्ने।

यदि उनीहरुले आफूलाई लागेका कुरा बताउन चाहन्छन वा उनीहरु डराउनुको कारणबारे छलफल गर्ने।

कुराकानीको लागि समय मिलाउने।

सँगै खाने, बस्ने, पारिवारीक अवस्थाबारे कुरा गर्ने, शान्त र धर्मसँग बस्ने।

बालबालिकहरुलाई प्रशस्त मात्रामा पानी पिउन, खाना र आराम गर्न प्रोत्साहन गर्ने।

सुरक्षित महसुस गर्न सहयोग दिने।

खाने, सुत्ने र अन्य क्रियाकलापको रुटिन बनाउने।

बालबालिकाहरुको सकारात्मक व्यवहार र बानीको प्रशंसा गर्ने।

सम्बन्धित समाचार हेर्दा न आत्तिने र नआत्तिन सहयोग गर्ने।

समूदायका राम्रा काम र प्रगतिका सूचना बताउने।

अरुलाई सहयोग गर्न बालबालिकालाई प्रोत्साहन दिने।

धैर्यका साथ बालबालिकाहरुलाई पढाईमा सहयोग गर्ने।

हप्ता भन्दा बदी दिनसम्म  बालबालिकामा समस्या निरन्तर रुपमा देखिएमा डाक्टर वा स्वास्थ्यकर्मी ,

मनोचिकित्सक, मनोविज्ञ, मनोविमर्शदातासँग सरसल्लाह लिने।

भविष्यप्रति आशावादी रह्न सदैव प्रेरित गर्ने।

                                                                 निष्कर्ष
सर्वप्रथम अभिभावक वा स्याहारकर्ताले आफ्नै तनावजन्य प्रतिक्रियाहरुलाई सामान्यीकरण गर्न आवश्यक हुन्छ। तसर्थ यस्तो कोरोना समयकालमा असर परेका बालबालिकाहरु सँग सकारात्मक सोच/सहयोगका साथै श्वासप्रश्वासको व्यायाम, आरामका लागि अभ्यास, शारीरिक सक्रिय खेलहरु, चित्र लेखन ,अध्ययन, खोजी कार्य, गृहकार्य, बालकथा, बालगीत, बालनाटक, बालमैत्री क्रियाकलापहरु गर्नु र गराउनुमा विशेष जोड दिनुपर्दछ।
बालबालिकाहरु समाजका अत्यन्त संवेदनशील समूह हुन्। बालबालिकाहरु समाजका भविष्य हुन्। तर वर्तमान समयमा बालबालिकाहरुको संरक्षण, प्रवर्दन तथा संहिढगले पालनपोषण तथा गुणस्तरीय सिकाई हुन सकेन भने भविष्य उज्यालो हुन सक्दैन। त्यसैले गर्दा अहिलेको कोरोनामय परिस्थितिमा पनि बालबालिकाहरुलाई सबै पक्षले प्राथमिकतामा राखी वैकल्पिक पद्धतिको माध्यमबाट सिकाई गर्दै अतिरिक्त क्रियाकलापहरुमा जोड दिई बालबालिकाहरुको भविष्य उज्यालो बनाउन तर्फ अग्रसर हुनुपर्छ।
                                   

(लेखक शाखा अधिकृत शिक्षा विकास तथा समन्वय इकाई धनुषाका राजदेव यादव हुन् ।)

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित