जनताबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न मन्त्री थापाको निर्देशन

जनताबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न मन्त्री थापाको निर्देशन

रासस
असार २, २०७८ मा प्रकाशित
२३१ पटक पढिएको
जनताबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न मन्त्री थापाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले जनताबाट गुनासो नआउने गरी सेवा दिन निर्देशन दिएकी छन्।

हुलाक सेवा विभाग र विज्ञापन बोर्डका कार्यालयको आज अनुगमनका क्रममा मन्त्री थापाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी छिटो र छरिटो सेवा प्रदान गर्न कमचारीलाई निर्देशन दिएकी हुन्।

मन्त्री थापाले पछिल्लो समयमा सञ्चार तथा प्रविधिको विकास तीव्र रूपमा भइरहेको जनाउँदै प्रविधिमैत्री सेवा प्रदान गर्न पनि अनुरोध गरिन्। 

मन्त्रालयका हरिप्रसाद बस्यालले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्ने गरी अगाडि बढ्न बोर्डलाई सुझाव दिए।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले विज्ञापनसम्बन्धी कानूनमा भएका व्यवस्थाको अध्ययन गर्नाका साथै विज्ञापन आचारसंहिता निर्माण गर्ने कार्य गरिरहेको जानकारी दिए।विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम बोर्डको गठन भएको थियो। 

मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत निकायमा अनुगमन गरी निर्देशन दिएकी थिइन्।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित