श्रीमान विदेश गएको तीन महिना नबित्दै श्रीमती बेपत्ता

श्रीमान विदेश गएको तीन महिना नबित्दै श्रीमती बेपत्ता

अपन दैनिक
असार १, २०७८ मा प्रकाशित
८८७४ पटक पढिएको
श्रीमान विदेश गएको तीन महिना नबित्दै श्रीमती बेपत्ता

काठमाडौंं ।  श्रीमान विदेश गएको तीन महिना नबित्दै श्रीमती बेपत्ता भएको छ ।

महोत्तरी गौशाला नगरपालिका– ९ भरतपुरका झपसी मुखिया केही समयअघि रोजगारीका लागि दोस्रोपटक उनी कतार गएको तीन महिनापछि श्रीमती लक्ष्मी चार वर्षीया छोरी लिएर एकाएक बेपत्ता भइन् । श्रीमती बेपत्ता भएपछि उनका तीन छोराहरुको विचल्ली भएको छ ।

श्रीमान रोजगारीका लागि कतार गएका झपसीले श्रीमतीका नाममा लाखौं रुपैयाँ पठाएका थिए । विदेशबाट पठाएको रकम र छोरी लिएर श्रीमती बेपत्ता भएपछि झपसी तनावमा छन् । कतारबाटै टेलिफोनमा गुनासो गर्दै उनले भने, ‘विश्वास गरेर आफ्नो सबै श्रीमतीलाई सुम्पिएँ, अहिले दुःख गरेर कमाएको सम्पत्ति बोकेर बेपत्ता भएको छिन् । अहिले छोराहरुको बिचल्ली भयो ।

उनको श्रीमती लक्ष्मी यसरी बेपत्ता भएको यो पहिलोपटक भने होइन । झपसी पहिलोपटक कतार गएको डेढ बर्षपछि पनि उनी छोरीसहित बेपत्ता भएकी थिइन् । श्रीमती बेपत्ता भएको खबर सुनेपछि नेपाल आएका झपसीले श्रीमतीलाई खोजेर घर ल्याए, सम्झाइबुझाइ गरेर राखैको थिए ।

लक्ष्मीले आइन्दा यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाएपछि झपसी फेरि रोजगारीका लागि कतार गए । ‘ दोस्रोपटक कतार जाने मनस्थितिमा थिइनँ, श्रीमतीले नै नेपालमा त्यतिकै बसेर के गर्नु रु भन्दै कर गरेपछि विदेश गएको हुँ’, उनले भने, ‘मैले त राम्रै हिसाबमा भनेको होला भन्ठानें, उनको नियतमा खोट रहेछ ।’कतारमा रहेका मुखियाले आफ्नो पत्नीको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित