पतिको दीर्घायुको कामना गर्दै मिथिला क्षेत्रका महिलाले बट सावित्री पर्व मनाइँदै

पतिको दीर्घायुको कामना गर्दै मिथिला क्षेत्रका महिलाले बट सावित्री पर्व मनाइँदै

अपन दैनिक संवाददाता
जेठ २७, २०७८ मा प्रकाशित
१५५ पटक पढिएको
पतिको दीर्घायुको कामना गर्दै मिथिला क्षेत्रका महिलाले बट सावित्री पर्व मनाइँदै

सिरहा । कोरोनाको दोस्रो लहरको निषेधाज्ञाबीच सिरहालगायत प्रदेश २ का जिल्लामा विवाहिता महिलाहरूले बट सावित्री पर्व  मनाइरहेका छन् । पतिको दीर्घायुको कामना गर्दै व्रतालु महिलाहरूले आज बट सावित्री (बरसाई) पर्व मनाइरहेका छन् । नयाँ बस्ती र सिँगार गरेर व्रतालु महिलाहरू वरको रूखमा रातो–पहेँलो धागो बाँध्दै पतिको दीर्घायुको कामनासहित यो पर्व मनाइरहेका छन् । मिथिला क्षेत्रको सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाहरूमा व्रतालु महिलाहरूले वरको रूखलाई पुज्ने गर्छन् । 

कोरोनाको दोस्रो लहरको जोखिम हेर्दै कतिपय व्रतालु महिलाहरूले आफ्नो घरआँगनमै वरको रूखको हाँगा ल्याएर पूजापाठ गरिरहेका छन् । सिरहा नगरपालिका ७ की आशा यादवले बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु बढ्ने भएकाले व्रत बसेको बताइन् ।

mahila-2 धार्मिक किम्वदन्तीअनुसार वरको रूखमा व्रह्मा, विष्णु र महादेवको वास हुने भएकाले वरको रूखको पूजा गर्ने प्रचलन रहेको छ । ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको सम्झनामा पनि विवाहित महिलाहरूले जेठ महिनाको औँसीको दिनमा यो पर्व मनाउँदै आएका छन् । विशेषगरी यो पर्व केही वर्षअघिसम्म ब्राह्मण, कायस्थ र सुनार समुदायका महिलाहरूले मात्र मनाउँदै आएकोमा पछिल्लो समयमा अन्य समुदायका महिलाहरूले पनि व्रत बस्न सुरु गरेका सांस्कृतिकविद्को भनाइ छ ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित