स्वास्थ्यका झण्डै दुई हजार कर्मचारीको समायोजन

स्वास्थ्यका झण्डै दुई हजार कर्मचारीको समायोजन

अपन दैनिक
जेठ २५, २०७८ मा प्रकाशित
३६९ पटक पढिएको
स्वास्थ्यका झण्डै दुई हजार कर्मचारीको समायोजन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९२६ जना कर्मचारीको समायोजन सकिएको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार १८३० जना कर्मचारीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन भएको हो ।

समायोजन भएका कर्मचारीमा अधिकृतस्तरका २९३ जना र सहायकस्तरका १५३७ जना रहेका छन् ।

यस्तै, प्रदेशबाट स्थानीय तहमा २१ जना अधिकृतस्तर र ११ जना सहायकस्तर गरी ३२ जना कर्मचारीको समायोजन मिलान गरिएको छ ।

समायोजन गरिएका कर्मचारीमध्ये सबैभन्दा बढी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन भएका रेग्मीले बताए ।

उनका अनुसार ७ जना अधिकृतस्तर र ८ जना सहायकस्तर गरी १५ जनाको एक प्रदेशबाट अर्को प्रदेशमा समायोजन भएको छ ।

अधिकृतस्तरका १५ जना र सहायकस्तरका ७ जना गरी २२ जनाको संघबाट स्थानीय तहमा समायोजन गरिएको छ भने १७ जना अधिकृतस्तर र १० जना सहायकस्तरका कर्मचारी गरी २७ जनाको संघबाट प्रदेशमा समायोजन मिलान भएको छ ।

प्रदेशबाट संघमा र स्थानीय तहबाट संघमा मिलान हुने कर्मचारीको संख्या भने शून्य रहेको छ ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित