प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

अपन दैनिक
जेठ २५, २०७८ मा प्रकाशित
३०६ पटक पढिएको
प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

काठमाडौं । सुनसरीमा अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बु रहेका छन् ।

उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका-५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी-४ बन्चरेबाट सोमवार पक्राउ गरिएको हो ।

जेठ १३ गते प्रहरी पोष्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित