चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना सोह्रखुट्टेबाट पक्राउ

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना सोह्रखुट्टेबाट पक्राउ

अपन दैनिक संवाददाता
जेठ २४, २०७८ मा प्रकाशित
१३३ पटक पढिएको
चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना सोह्रखुट्टेबाट पक्राउ

काठमाडौं । चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ६ जना नेता सोह्रखुट्टेबाट पक्राउ परेका छन् ।

चुरे दोहन, सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध प्रदर्शनमा उत्रिएका  उनीहरुलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ,सबिन भण्डारी, लक्ष्मण भट्ट रहेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।

महामन्त्री भट्टराईले भने, ‘चुरे दोहनको नीति फिर्ता नभएसम्म नेविसंघले आन्दोलन जारी राख्छ। हामी ओली सरकारको यो गैरजिम्‍मेवारपूर्ण कार्यको विरोध र प्रदर्शन गरिरहन्छौं।’

साथै उनले पक्राउ परेका नेताहरुको तत्काल बिनासर्त रिहाइको माग गरे ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित