एनटीसीका ग्राहकले पाउने सेयरको मूल्य आगामी असोजभित्र तय हुने, क-कसले पाउँछन् २२ प्रतिशत सेयर ?

एनटीसीका ग्राहकले पाउने सेयरको मूल्य आगामी असोजभित्र तय हुने, क-कसले पाउँछन् २२ प्रतिशत सेयर ?

अपन दैनिक
जेठ २३, २०७८ मा प्रकाशित
१८६ पटक पढिएको
एनटीसीका ग्राहकले पाउने सेयरको मूल्य आगामी असोजभित्र तय हुने, क-कसले पाउँछन् २२ प्रतिशत सेयर ?

काठमाडौं । सरकारले  नेपाल दुरसञ्चार कम्पनी र स्वामित्वको प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न २२ प्रतिशत सेयर दिने बजेट मार्फत घोषणा गरिसकेको छ । तर, सो व्यवस्था कहिलेबाट लागू हुन्छ  र ग्राहकले सो सेयरको मूल्य कति तिर्नुपर्छ भन्ने आम चासो बढ्न थालेको छ । 

उसो त नेपाल दुरसञ्चार कम्पनीले आफ्नो सेयर पहिलोपटक सर्वसाधारण लैजान थालेको भने होइन । नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । यसको १५ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ । पुन यसले प्राकृतिक व्यक्तिका लागि सेयर बेच्ने तयारी गरेको छ । 

आर्थिक वर्ष २०७८/०७९ को बजेटले नै कम्पनीको मोवाइल, ल्याण्ड लाइन र इन्टरनेट सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिलाई २२ प्रतिशत सेयर दिने घोषणा गरेको छ । यस्तो सेयर कम्पनीको हालसम्म रहेका उपभोक्ता तथा आगामी पुस मसान्तसम्म थपिएका ग्राहकले समेत सेयर खरिद गर्न सक्नेछन् । 

कम्पनीले सेयर बिक्री गर्ने सबै प्रक्रिया आगामी असोज मसान्त भित्रमा सकिसक्ने जनाएको छ । साथै सेयर मूल्यको विवरण पनि असोज मसान्तभित्र तय हुने कम्पनीले जनाएको छ । नेपाल टेलिकमको अहिले सेयर मूल्य साढे १२ सयको हाराहारीमा छ । नेपाल टेलिकम सरकारलाई बढी लाभांश दिने सार्वजनिक संस्थानमा पर्छ । 

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित