विश्वकप छनोट : नेपालले चाइनिज ताइपेईलाई दुई गोलले हरायो

विश्वकप छनोट : नेपालले चाइनिज ताइपेईलाई दुई गोलले हरायो

अपन दैनिक
जेठ २१, २०७८ मा प्रकाशित
१५७ पटक पढिएको
विश्वकप छनोट : नेपालले चाइनिज ताइपेईलाई दुई गोलले हरायो

काठमाडौं । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे ।

ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिजोको जितसँगै नेपालले विश्वकप छनोटका दुवै खेलमा चाइनिज ताइपेईलाई हराउन सफल भएको छ । यसअघि उसकै घरेलु मैदानमा नेपालले २–० गाेलले नै हराएको थियो ।

तालिकामा नेपालको ६ अङ्क भए पनि विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ । नेपाल रहेको समूह 'बी' मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित