भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ

भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ

एजेन्सी
जेठ २१, २०७८ मा प्रकाशित
५३८ पटक पढिएको
भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ

भारतमा बुधबार दिउँसो एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स र्‍याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताए ।

स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् ।

जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्‍याकेट एजेन्टको सम्पर्कमा थिए । तर वेश्यावृत्तिका लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै डर थिएन । तरपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।

छापामारीको क्रममा प्रहरीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यसलाई हाई प्रोफाइल सेक्स र्‍याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ । पक्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्रयास गरिरहेको छ ।

पक्राउ परेपछि यी दुई अभिनेत्रीले प्रहरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पेशा गर्नुपरेको बताए ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित