खेलका दौरानमा चोट लागेका १९ वर्षीय राईडरको मृत्यु

खेलका दौरानमा चोट लागेका १९ वर्षीय राईडरको मृत्यु

अपन दैनिक
जेठ १६, २०७८ मा प्रकाशित
१७६ पटक पढिएको
खेलका दौरानमा चोट लागेका १९ वर्षीय राईडरको मृत्यु

एजेन्सी । स्विट्जरल्यान्डका १९ वर्षीय मोटो ३ राईडर जासोन डुपासक्वेरको निधन भएको छ । शनिबार इटालियन ग्रान्ड प्रिक्सको छनोट सेशनका दौरानमा उनको बाइक दुर्घटनामा परेको थियो । त्यसपछि उनी गम्भीर घाइते भएका थिए । 

स्वास्थ्यकर्मीहरुको अथक प्रयासका बाबजुद डुपासक्वेरलाई बचाउन नसकिएको मोटो जिपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डुपासक्वेरको टिम प्रुस्टेल जिपिले फेसबुकमा लेखेको छ, ‘हामी स्तब्ध छौं र यस समय हामी जासोनको परिवारका विषयमा सोचिरहेका छौं । तपाईलाई अवश्यक मिस गनेर्छौं र कहिल्यै बिर्सनेछैनौं, जासोन ।’

डुपासक्वेर मोटो ३ वल्र्ड च्याम्पियनसिपमा आफ्नो दोस्रो सिजन खेलिरहेका थिए । २७ अंकसहित उनी १२ औं वरियतामा थिए । डुपासक्वेरले सुपरमोटोबाट आफ्नो करियर सुरु गरेका थिए, जहाँ उनी धेरैपटक स्विस राष्ट्रिय च्याम्पियन बने । २०१६ मा उनले एनईसी च्याम्पियनसिप मोटो ३ उपाधि जितेका थिए । 

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित