नेपालमा कोरोनाको तीन किसिमको भेरियन्ट रहेको पुष्टि, नयाँ भेरियन्ट खतरनाक

नेपालमा कोरोनाको तीन किसिमको भेरियन्ट रहेको पुष्टि, नयाँ भेरियन्ट खतरनाक

अपन दैनिक
जेठ ४, २०७८ मा प्रकाशित
४५८ पटक पढिएको
नेपालमा कोरोनाको तीन किसिमको भेरियन्ट रहेको पुष्टि, नयाँ भेरियन्ट खतरनाक

काठमाडाैं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले आज प्राप्त भएको ३४ वटा नमुना (३७ प्रतिशत)मा नयाँ भेरियन्ट बी.१.६१७.२ र  ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको जानकारी दिए । 

यससँगै हालसम्म नेपालमा यो परिवर्तितसहित तीन किसिमका भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहका धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले यस्तो खतरनाक संक्रमण रोक्न सबै सचेत बन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । 
मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत साता कोभिड–१९ संक्रमितहरुका ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन स्क्विन्सिङ गरिएको थियो । 

 

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित