एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

अपन दैनिक
जेठ ४, २०७८ मा प्रकाशित
१९९ पटक पढिएको
एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आईते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।
नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो । तत्पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसार पसारमा संलग्न राज कुमार र सुबिनलाई समेत भिमफेदी नगरपालिका–१ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित