अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म थपियो

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म थपियो

अपन दैनिक संवाददाता
बैशाख २८, २०७८ मा प्रकाशित
४२५ पटक पढिएको
अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म थपियो

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म थपिएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले आज एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्।

यसबारे उनले सबै वायुसेवा कम्पनीलाई जानकारी गराएका छन्।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर १७ जेठमा पुर्‍याइएको हो।  

यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन्।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित