धनुषामा युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

धनुषामा युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

अपन दैनिक संवाददाता
बैशाख २१, २०७८ मा प्रकाशित
१८५० पटक पढिएको
धनुषामा युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

जनकपुर । धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् ।

गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शम्भु केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका थिए । उनको हत्याको घटनापछि फरार रहेका पत्नी सुशीला र भाइ अनिललाई उदयपुर सदरमुकाम गाईघाटबाट नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए । उनीहरु एक मन्दिरमा बसेको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ परेका अरु दुई जनाले भने देवर भाउजुलाई भगाउन सहयोग गरेको मिश्रले बताए ।

यो पनि पढ...

धनुषामा २ देवरसँग मिलेर पतिको हत्या, स्थानीय भन्छन् : कारण ‘अनैतिक सम्बन्ध’

धनुषामा २ देवरसँग मिलेर पतिको हत्या, स्थानीय भन्छन् : कारण ‘अनैतिक सम्बन्ध’

 

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित