आइपीएल २०२१ स्थगित

आइपीएल २०२१ स्थगित

अपन दैनिक
बैशाख २१, २०७८ मा प्रकाशित
१३१ पटक पढिएको
आइपीएल २०२१ स्थगित

काठमाडौँ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) ले मंगलबार इन्डियन प्रिमियर लिग २०२१ स्थगित भएको घोषणा गरेको छ ।

केही समय यता आइपीएल स्थगन गर्नुपर्ने माग उठ्दै आइरहेको थियो । मंगलबार सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सको क्याम्पमा कोभिड-१९ संक्रमित फेला परेपछि बीसीसीआइ र आइपीएल व्यवस्थापनबीच बैठक भयो, र प्रतियोगिता स्थगन गर्ने तत्काल निर्णय लियो । हैदरावाद र दिल्ली मंगलबार साँझ मैदान उत्रने तालिका थियो । 

‘आइपीएल व्यवस्थापन र बीसीसीआइबीचको बैठकले आइपीएल स्थगन गर्ने निर्णय लिएको छ । आइपीएलमा संलग्न खेलाडी तथा अन्य स्टाफहरुको स्वास्थ्य प्रति हामी संवेदनशिल छौँ । त्यसकारण पनि यस्तो निर्णय लिइएको हो । भारत कोभिड-१९ ले आक्रान्त बनिरहेको छ । हामीले आइपीएल मार्फत कोभिड-१९ बाट पिडित बनेका भारतमा पोजिटिभिटी आओस भन्ने चाहेका थियौँ । तर अहिलेका लागि सबैजना आ-आफ्ना परिवारसँगै बस्नु उचित भएको ठानेर आइपीएल स्थगित गर्ने निर्णय गरेका हौँ,’ बीसीसीआइले मंगलबार दिउसो जारी गरेको वत्तब्यमा भनेको छ । 

सोमबार मात्रै कोलकाता नाइट राइडर्सका दुई र चेन्नाई सुपर किंग्सका तीन खेलाडी कोभिड-१९ संक्रमणमा परेको पुष्टी भएको थियो ।

खेलाडीहरुमा कोभिड-१९ संक्रमण देखिएकै कारण कोलकाता र रोयल च्यालेन्जर्स बेंगलोरबीचको खेल अर्को मितिका लागि सारिएको थियो ।

त्यसैगरी राजस्थान रोयल्स र चेन्नाईबीचको खेल खेल पनि बुधबारका लागि सारिएको थियो । 

बीसीसीआइले विभिन्न सहरमा जारी आइपीएलका सम्पूर्ण खेल मुम्बईमा गराउने योजना पनि बनाएको थियो ।

तर संक्रमित हुने खेलाडीहरुको संख्या बढ्दै गएपछि बीसीसीआइ आइपीएल नै स्थगन गर्ने निर्णयमा पुग्यो ।

कोभिड-१९ लाई कारण बनाउँदै यसअघि नै केही विदेशी खेलाडीहरुले आइपीएल छाडेका थिए ।  

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित