कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण

अपन दैनिक
बैशाख २१, २०७८ मा प्रकाशित
२७२ पटक पढिएको
कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंगलबार एकै दिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा मृत्यु हुनेको संख्या ५५ उल्लेख गरिएको छ ।

यो सोमबार मृत्यु हुनेको संख्या भन्दा १८ जना बढी हो । यसअघि सोमबार ३७ जना र आइतबार २७ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म तीन हजार ४१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।  मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७  हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

यस्तै रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४/ १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६ , नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सप्तरीमा ३३ तथा सर्लाही र सिन्धुलीमा ३२/३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अछाममा ३०, सिरहा, सिन्धुपाल्चोक र बर्दियामा २८/२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६/२६ जना, रामेछापमा २४, लमजुङ २३,दोलखामा २२, नवलपरासी पश्‍चिम २१, तनहुँ र स्याङ्जामा २०/२० जना, जुम्ला र सल्यानमा १८/१८ जना, पर्वत र रोल्पामा १७/१७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी ओखलढुंगामा १६, प्‍युठान र कञ्‍चनपुरमा १२/१२ जना, म्याग्दीमा ११, उदयपुरमा १०, इलाम र रसुवामा ९/९ जना, बागलुङ र जाजजरकोटमा ७/७ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५/५ जना, रूकुम र कालिकोटमा ४/४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु, रूकुम पश्‍चिम र दार्चुलामा ३/३ जना, डोल्पा र मुगुमा २/२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७४ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहमा ४५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित