सप्तरी : काेराेना संक्रमित शिक्षकको धरानमा मृत्‍यु

सप्तरी : काेराेना संक्रमित शिक्षकको धरानमा मृत्‍यु

अपन दैनिक
बैशाख २१, २०७८ मा प्रकाशित
२६६७ पटक पढिएको
सप्तरी : काेराेना संक्रमित शिक्षकको धरानमा मृत्‍यु

सप्तरी । सप्तरीका एक काेराेना संक्रमित शिक्षकको उपचारको क्रममा धरानमा मृत्‍यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तकोशी नगरपालिका वडा न. १ का ५० वर्षीय शिक्षकको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५:१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए ।
उनी उच्च रक्तचाप र अन्‍य दीर्घ रोगी थिए । योसँगै सप्तरीमा काेराेना कहरको दोस्रो लहरमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने सप्तरीमा कुल संक्रमितको सङ्ख्या १२७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित