सिरहामा ट्रान्सर्पोट कम्पनीको नाउँमा अवैध असुली

सिरहामा ट्रान्सर्पोट कम्पनीको नाउँमा अवैध असुली

सिडियोको निर्देशनमा तीन जनालाई समात्यो, सूचना लुकाउँदै प्रहरी

अपन दैनिक प्रिन्ट संस्करण
बैशाख २१, २०७८ मा प्रकाशित
११४० पटक पढिएको
सिरहामा ट्रान्सर्पोट कम्पनीको नाउँमा अवैध असुली

सिरहा । ट्रान्सपोर्ट कम्पनीको नाउँमा सिरहामा अवैध असुली गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत सिरहाको मिर्चैयामा अवैध असुलीमा संलग्न तीन जनालाई प्रहरीको टोलीले रंगेहात पक्राउ गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय लहान र कम्पनी रजिष्टार कार्यालयमा दर्ता गराएर सप्लाई र अर्डर लिने काम गर्नुभन्दा अवैध असुलीमा संलग्नता रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंललाई ट्रान्सपोर्ट व्यवसायको नाउँमा अवैध असुली गरिरहेको गोप्य जानकारी प्राप्त भएपछि प्रहरी सक्रिय भएको हो ।
प्रहरीलाई लिखित रुपमा निर्देशन दिएपछि ईलाका प्रहरी कार्यालयको टोलीले असुलीमा संलग्नलाई पक्राउ गरेको प्रजिअ कणेंलले बताए । दैनिक रुपमा एक ट्रकवाट ५ सयका दरले असुल्दै गरेका उक्त गिरोहले एक दिनमै करिब १ लाख वढी असुली गर्ने गरेका थिए । उक्त गिरोहमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी पुग्दा फरार हुने र प्रहरी नभएको मौका छोपेर अवैध असुली गर्दै आएको थियो । 
लामो समय चल्दै आएको अवैध असुली रोक्न प्रजिअ कणेंलले प्रहरीलाई लिखित रुपमै निर्देशन दिएपनि पक्राउ गर्न ढिलाई भएको थियो । प्रजिअ कणेंलको निर्देशले गर्दा दबाबमा रहेका प्रहरी टोलीले सोमवार तीन जनालाई रंगेहात पक्राउ गरेको हो । यता पक्राउ गरेकालाई थप अनुसंधानको निम्ति ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको विषयमा सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भन्डारीसँग बुझ्न खोज्दा आफु बाहिर रहेको र विषेश बुझ्न ईलाका प्रहरी कार्यालय मिर्चैयामा सम्पर्क गर्न भनेको तर, ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्चार्जको नम्बरमा फोन सम्पर्क गर्दा रिसिब नै गरेनन् । यो समाचार तयार पर्दासम्म प्रहरी उपरीक्षक भण्डारी र ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्चार्जसँग लगातार अवैध असुलीका घटनामा पक्राउ गरिएको वारेमा सोध्न खोज्दा जवाफविहीन देखिएका छन् ।
जानकारका अनुसार प्रहरीले घटनामा संलग्नसँग लेनदेनको कुराकानी गरिरहेकोले संचारकर्मीसँग जानकारी लुकाउन खोजेको छ । स्थानीय प्रहरीकै मेलोमतोमा राजमार्गमा यस्ता अबैध असुली भईरहेको स्रोतको भनाई छ । ईलाका प्रहरी कार्यालयको ५ सय मीटरका दुरीमा यस्ता अवैध कार्य भैरहँदा प्रहरीको मिलोमतोमा सम्भव नहुने मिर्चैयाका स्थानीय अगुवाहरुले बताएका छन् ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित