सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

अपन दैनिक
बैशाख २०, २०७८ मा प्रकाशित
१०१५ पटक पढिएको
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ४ सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, ओखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मोरङमा ३६२, संखुवासभामा १३, सुनसरीमा ११२ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ। 

प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ९ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५ दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २२२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १०, ललितपुरमा ५२२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५५, गोरखामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २०, बागलुङमा ९ र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ। 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ११५, गुल्मीमा १९, दाङमा १०२, नवलपरासीमा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुम पूर्वमा २, रुपन्देहीमा ६१९ र रोल्पामा १० जनामा कोरोना पाइएको छ। 

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ। 

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धुरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित