स्थानीय तहको मौनता

स्थानीय तहको मौनता

सम्पादकीय
बैशाख १९, २०७८ मा प्रकाशित
१४१ पटक पढिएको
स्थानीय तहको मौनता

११ चैत २०७६ मा लकडाउन भएसँगै केही दिन सन्नाटा देखिन्थे सडक, बजार क्षेत्रहरु । विस्तारै दिन वित्दै गर्दा र लकडाउन लम्बिदै गर्दा बजारमा चहल पहल थपिदै गएको थियो । अहिले गत वर्षको जस्तो छैन् । बजारमा सार्वजनिक यातायात संचालनमा छ । पसल व्यवसाय चलिरहेको छ । देशका केही भागमा लकडाउन घोषणा भएपनि सिरहा जिल्लामा अहिले त्यस्तो अवस्था आईपुगेको छैन् ।
लकडाउनकै वीचमा पनि सिरहा जिल्लामा स्थानीय जनप्रतिनिधीहरुले सक्रियता देखाएका थिए । गाउँ गाउँ पुगेर आफ्नो जवाफदेहीता देखाउने प्रयास गरेका थिए । अपवाद वाहेक भन्नु पर्दा गत वर्षको कोरोनाको पहिलो लहरका बेला प्राय सवै स्थानीय तहका जनप्रतिनिधिले आफूलाई नागरिकप्रति उत्तरदायी बन्दै स्वास्थ्य सुरक्षाका सामग्री बाड्नमा जुटेका थिए ।
यतिखेर कोरोना भाईरसको दोस्रो लहरले अस्तव्यस्त भैरहँदा जनप्रतिनिधिहरु मौनता प्रकट गरेको देखिन्छ । गत वर्षको जोस जागर यस वर्ष पाईदैन् । जिल्लाका १७ वटै स्थानीय तहले मास्क, साबुन, सेनिटाईजर, पिपिई सेट जस्तामा करौडौं रुपैयाँ खर्चिएका थिए । गाउँ गाउँमा मास्क, साबुन र सेनिटाईजर बाँड्न पुगेका थिए । त्यसपछि राहत सामग्री पुर्याएका थिए । ठाउँ ठाउँमा साबुन पानीले हातधुने व्यवस्था गरेको थियो । 
अहिले जिल्लाका १७ वटै स्थानीय तहमा कोरोना भाईरसको दोस्रो चरणको जोखिमबाट जोगाउन पर्याप्त तयारी भएको देखिदैन् । नत गाउँ वडासम्म मास्क, साबुन, सेनिटाईज वितरण गर्ने जस्ता कार्यहरु नै भएको पाईन्छ । स्वास्थ्य सामग्री व्यवस्थापन र वितरण गर्न नसकेका स्थानीय तहहरुले कोभिड अस्थायी अस्पताललाई पनि व्यवस्थित गर्न सकेको छैन् । ५ बेडको कोरोना अस्थायी अस्पताल स्थापना गरेका स्थानीय तहहरुले त्यही अनुसारको अक्सिजन सिलिण्ड लगायतका अति आवश्यक उपकरणहरुको व्यवस्थावाट पंछिएको देखिन्छ । 
स्थानीय तहले केन्द्र सरकार जस्तै देखाएको मौनता तोड्नु पर्छ । आफूलाई राजश्व संकलनको केन्द्रको रुपमा परिभाषित गर्नुको सट्टा नागरिकको साथसाथै रहेको छु भन्ने कुरालाई बुझाउन जरुरी छ । यस तर्फ सिरहा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुको ध्यान पुग्नुपर्छ र सक्रियता वढाउन अगाडी आउनुपर्छ ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित