उपत्यकामा एक हजार वेड थप्छौं : स्वास्थ्यमन्त्री

उपत्यकामा एक हजार वेड थप्छौं : स्वास्थ्यमन्त्री

अपन दैनिक संवाददाता
बैशाख १८, २०७८ मा प्रकाशित
१७२ पटक पढिएको
उपत्यकामा एक हजार वेड थप्छौं : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएका छन् । साथै संक्रमितहरुको उपचारमा सरकारले हातखुट्टा नछाडेको उनले दाबी गरे ।

मन्त्रालयले शुक्रबार वेड उपलब्ध गराउन नसक्ने वक्तव्य निकालेको थियो, जसका कारण सरकारले हात उठाएको भन्दै आलोचना भएको थियो । शुक्रबार साँझ सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै त्रिपाठीले आतंकीत हुन जरुरी नभएको बताए । उनले अघि भने, ‘सबै जिम्मा सरकारले लिएको छ र आफ्नो प्रतिवद्धता पुरा गर्न तयार छ ।’

उनका अनुसार भोलि आइतबारदेखि नै उपत्यकामा एक हजार वेड थप हुनेछ ।

मन्त्री त्रिपाठीले भने, ‘हस्पिटलहरु हामी थप गर्दैछौं, भोलिदेखि नै काठमाडौं उपत्यकामा कमसेकम एक हजार वेड व्यवस्था गर्दैछौं ।’

अक्सिजन सिलिण्डर लगायतको आपूर्तिमा समस्या देखिएको र त्यसलाई समाधान गर्न कोसिस भइरहेको उनले बताए । ‘यसका लागि जीवनदानी औषधिहरु पनि दुईतीन दिनभित्रै आपूर्ति हुनेछ’ मन्त्री त्रिपाठीले भनेका छन् ।

 

 
 
 

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित