भीडभाड रोकौं

भीडभाड रोकौं

सम्पादकीय
बैशाख १८, २०७८ मा प्रकाशित
१६१ पटक पढिएको
भीडभाड रोकौं

वैशाख महिना । कोरोना कालको यो दोस्रो वैशाख महिना हो । कोभिड–१९ को संक्रमण सुरु भएयताको दोस्रो वैशाख हो । वैशाख, जेष्ठ, असार लगायतका महिनामा विहेवारी, धर्मकर्म, यज्ञ, मेला उत्सवको अत्याधिक आयोजना गरिन्छ, गरिदै आएको छ । 
कोरोना भाईरसको पहिलो लहरको बेला गत वर्ष चैतदेखि लकडाउन सुरु भएपछि मेला, उत्सव, विहेवारी जस्ता क्रियाक्लाप रोकिन पुगेको थियो । देशभरी लकडाउन र सीमानाका बन्द हुँदा जमघट र भीडभाड हुने कार्यक्रमहरु रोकियो । २०७७ सालको वैशाख र २०७८ सालको वैशाखमा फरकपन देखिएको छ । कोरोना महामारीको दोस्रो लहरको व्यापक जोमिख वढ्दै गएको छ । दैनिक जसो ५ हजार वढी संक्रमित फेला पर्ने र ५० जना वढीको कोभिडका कारणले हाराहारीमा मृत्यु भएको तथ्यांकहरु सार्वजनिक भैरहेको छ ।
यस वर्षको वैशाखमा कोभिड १९ को दोस्रो लहरको फैलावट वढेपनि प्रयाप्त मात्रामा सावधानी अपनाएका छैनन् । सीमामा दुरुस्त तरिकाले परीक्षण भैरहेको छैन् । सिरहाका जिल्लाको मुख्य सीमा रहेको माडरसँगै ठाँडी, बरियारपट्टी भएर ओहोरदोहार गर्ने क्रम जारी छ । सीमामा हेल्थ डेक्स राखिएको छ । तापक्रम नाप्ने र नाउ, ठेगाना टिपोट गर्ने बाहेक कुनै काम भैरहेको छैन् । 
अर्कोतिर कोभिडको संक्रमण वढिरहेको छ । तर विहेवारी रोकिएको छैन । विहेवारी नरोकिएपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड सुरक्षा मापदण्डको पनि पालना गरिदैन् । २५ जना मात्र जन्ती ल्याउन पाईने स्वास्थ्य मन्त्रालयको निर्णय विपरीत सयौंको सहभागिता हुँदै आएको छ । झन् संक्रमण तीव्र रुपमा फैलिएको भारतबाट पनि ठूलो संख्यामा जन्तिका नाउँमा नेपाली गाउँगाउँमा मानिसहरु पुगिरहेका छन् । यसले गर्दा कोरोनाको जोखिम झन् वढी फैलाउने पक्का हो । यसका निम्ति स्थानीय सरकार, स्थानीय नागरिक अगुवा, विभिन्न राजनीतिक दलका भाृत संगठनहरु, सुरक्षा निकाय र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले सक्रियता देखाउनु जरुरी छ । होईन् भने भोली आईपर्ने ठूलो संकटको समाधान गर्ने हैसियत सिरहा जिल्लाको स्वास्थ्य क्षेत्रको छैन् ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित