प्रदेश २ सरकारले १ हजार भाइल रेम्डिसिभिर खरिद गर्ने

प्रदेश २ सरकारले १ हजार भाइल रेम्डिसिभिर खरिद गर्ने

अपन दैनिक संवाददाता
बैशाख १६, २०७८ मा प्रकाशित
२३८ पटक पढिएको
प्रदेश २ सरकारले १ हजार भाइल रेम्डिसिभिर खरिद गर्ने

जनकपुर । प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर १ हजार भाइल खरिद गर्ने भएको छ ।

कोरोना नियन्त्रणबारे उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकमा प्रदेश सरकारले रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको हो ।

संक्रमितका लागि सबै भन्दा महत्वपूर्ण औषधी मानिएको रेम्डिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले थप अक्सिजन सिलिण्डर पनि किन्ने भएको छ ।

यसका निम्ति प्रदेशभरिको १४ वटा सरकारी अस्पताललाई ५/५ लाखका दरले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने निर्णय गरेको छ ।

आठवटै जिल्लामा पीसीआर परीक्षण मेसिन सञ्चालनमा आइसकेकाले जाँचमा समस्या नरहेको तर संक्रमितको उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दुवाडीसहितका सरोकारवाला सहभागी थिए ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित