नेपाल टी-२० वरियताको १४औं स्थानमा

नेपाल टी-२० वरियताको १४औं स्थानमा

अपन दैनिक संवाददाता
बैशाख १२, २०७८ मा प्रकाशित
१७० पटक पढिएको
नेपाल टी-२० वरियताको १४औं स्थानमा file photo

काठमाडौं । नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो ।

शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट गरेको नयाँ वरियताअनुसार नेपालको २८ खेलमा ५ हजार ११३ अंक र १८३ रेटिङ अंक छ ।

यसअघि नेपाल भन्दा अगाडि रहेको स्कटल्यान्ड १५ औं स्थानमा झरेको छ । एसोसिएट राष्ट्रहरुमा नेपालभन्दा अघि रहेको युएई १३ औं स्थानमा छ ।

नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड्स १७ औं, ओमान १८ औं, नामिबिया १९ औं र सिंगापुर २० औं स्थानमा छ ।

इंग्लयाण्ड विश्व टी-२० वरीयतामा शीर्ष स्थानमा यथावत छ भने भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा यथावत छ । यस्तै न्यूजिल्याण्ड पाँचौ, साउथ अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेष्ट इन्डिज आठौं, श्रीलंका नवौं, बंगलादेश १० औं, जिम्बावे ११ औं र आयरल्याण्ड १२ औं स्थानमा छ ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित