समस्याग्रस्त न्यायिक समिति

समस्याग्रस्त न्यायिक समिति

सम्पादकीय
बैशाख ९, २०७८ मा प्रकाशित
४२४ पटक पढिएको
समस्याग्रस्त न्यायिक समिति

स्थानीय तहमा संविधान २०७२ ले पहिलेभन्दा वढी नै अधिकार प्रदान गरेको छ । गाउँपालिका र नगरपालिकालाई यस अघि विकासमुखी वढी राखिएको छ । जसले गर्दा पूर्वाधार विकासमा वढी ध्यान दिदै आएको थियो ।
संविधान २०७२ ले स्थानीय तहमा अतिरिक्त रुपमा शक्ति वा अधिकार थप गरिदिएको छ । जसले गर्दा शक्तिहीन भन्दा शक्तिशाली बनेको अहिलेका स्थानीय तहहरु । यदि भईरहँदा सिरहा जिल्ला मात्र होईन, प्रदेश २ का स्थानीय तहका अधिकांस न्यायिक समिति समस्याग्रस्त अवस्थामा पुगेको छ ।
त्यसो त न्यायिक समितिलाई स्थानीय तह संचालन ऐन, २०७४, कार्यविधि लगायतका आधारमा काम गर्नुपर्ने अधिकार छ । त्यस अनुसारका पूर्वाधार तयार पार्नुपर्ने हुन्छ । स्थानीय तहहरुले ऐन, कानून अनुसार न्यायिक समितिलाई इजलाश लाग्ने गरी पूर्वाधार तयार पनि गरेको छ । तर काममा तिव्रता देखिएको छैन् ।
संसदीय मामिला तथा कानूनमन्त्री लीलानाथ श्रेष्ठले न्यायिक समितिलाई सुदृढिकरणमा जोड दिनेगरी सार्वजनिक कार्यक्रममा उदघोष गरेका छन् । न्यायिक समितिलाई काम गर्न सहज हुनेगरी कानून अधिकृतको व्यवस्था र आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने जरुरी भएको जनाउ दिएका छन् । कानून अधिकृत नहुँदा स्थानीय तहका न्यायिक समितिले सतप्रतिशत काम गर्न सकेका छैनन् । यसैले आफ्ना समस्या लिएर न्यायिक समिति पुग्नेहरु जिल्ला प्रशासन, स्थानीय प्रहरी र अदालतको ढोका ढक्ढकाउन पुग्छन् । न्यायिक समितिको अधिकार क्षेत्रका विषयहरु प्रहरी र अदालतसम्म पुग्दा आर्थिक क्षति हुनु, समय वढी लाग्नु जस्ता समस्या हुन्छ । यसैले गर्दा समस्याग्रत रहेको स्थानीय तहका न्यायिक समितिलाई फूल फेजमा काम गर्न सक्ने वातावरण बनाउनु जरुरी छ ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित