फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अपन दैनिक
बैशाख ४, २०७८ मा प्रकाशित
३४६ पटक पढिएको
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा भई १५ दिनमा ७०.६६ करोड घाटा हुने उपाध्यायले बताए  । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।

मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९.२३ रुपैयाँ र डिजेल ३५.४१ रुपैयाँ सस्तो रहेको निगमले बताएको छ ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित