नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य

नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य

अपन दैनिक
बैशाख ४, २०७८ मा प्रकाशित
१९७ पटक पढिएको
नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु भएको छ।

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रनको मध्यम स्कोर खडा गरेकाे हो। 

नेदरल्याण्ड्सका लागि बस डे लिडेले सर्वाधिक ४१ रन बनाए भने स्कट एडवार्डसले ३० रन बनाए।

त्यस्तै कप्तान पिटर सेलरले अविजित २३ रन बनाउँदा एन्टोनियस स्टलले अविजित रहँदै २० रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र साहब आलमले १/१ विकेट लिए। नेपाल केही बेरमा ब्याटिङमा उत्रने छ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित