कोहलपुरमा यात्रुबस दुर्घटना : ५ जनाको मृत्यु, ४२ घाइते

कोहलपुरमा यात्रुबस दुर्घटना : ५ जनाको मृत्यु, ४२ घाइते

अपन दैनिक
बैशाख ३, २०७८ मा प्रकाशित
३९२ पटक पढिएको
कोहलपुरमा यात्रुबस दुर्घटना : ५ जनाको मृत्यु, ४२ घाइते

काठमाडौं । बाँकेको कोहलपुरमा यात्रुबस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। अन्य ४२ जना घाइते भएका छन्। 

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिप्परसँग शुक्रबार साँझ ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले बताए। 

मृतकको सनाखत हुन बाँकी रहेको डीएसपी खनालले बताए। उद्धार गरिएका घाइते ४२ जनामध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइते सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। 

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित