भलुवाहीको नवदुर्गा मन्दिरमा गजुर स्थापना

भलुवाहीको नवदुर्गा मन्दिरमा गजुर स्थापना

अपन दैनिक
बैशाख ३, २०७८ मा प्रकाशित
५२६ पटक पढिएको
भलुवाहीको नवदुर्गा मन्दिरमा गजुर स्थापना

सिरहा । सिरहा नगरपालिका वडा ११ भलुवाहीमा नवनिर्मित नवदुर्गा मन्दिरमा शुक्रबार गजुर स्थापना गरिएको छ ।

सिरहा नगरपालिका वडा ११ भलुवाहीमा स्थानीय, समाजसेवी, विभिन्न दाता र सिरहा नगरपालिकाको सहयोगमा नव निर्मित नव दुर्गा मन्दिरमा विधिवत पूजापाठ गरी गजुर स्थाना गरिएको हो ।  स्थापना कालदेखि नै दुर्गा मन्दिरमा पूजा गर्दै आइरहेका भलुवाहीका स्थानीय राजाराम कामतीले व्यक्तिगत लगानीमा एक लाख ४० हजारको लागतमा खरिद गरि ल्याएको ४२ किलोको पितलको गजुर विधिवत पूजापाठ गरी स्थापना गरेको हो । rajaram kamati सिरहा नगरपालिका मेयर अशेश्वर प्रसाद यादव, वडा नम्बर ११ वडा अध्यक्ष विनोद कामती, वडा सदस्य सत्य नारायण कामती, पूर्व गाविस उपाध्यक्ष जिवछ कामती, पूर्व गाविस सचिव उत्तम कामती, मन्दिर निर्माण समितिका अध्यक्ष कपिलदेव कामती, कोषाध्यक्ष विमला देवी कामती लगायत स्थानीय बुद्धिजिवी, समाजसेवीको उपस्थितिमा गजुर स्थापना गरिएको हो ।

उक्त मन्दिर सिरहा नगर क्षेत्रको सवैभन्दा ठूलो धार्मिक संरचना मध्येको एक हो ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित