४६ लाखको खानेतेल बोकेको ट्रक बाटोबाटै गायब

४६ लाखको खानेतेल बोकेको ट्रक बाटोबाटै गायब

अपन दैनिक संवाददाता
बैशाख १, २०७८ मा प्रकाशित
७६९ पटक पढिएको
४६ लाखको खानेतेल बोकेको ट्रक बाटोबाटै गायब

सिरहा । सुनसरीको दुहबीबाट खानेतेल बोकेको ट्रक एक साता अगाडी (चैत २४ गते) स्याङ्जा जिल्लाको बालिङ्गको लागि हिडेको थियो । ट्रक स्याङ्जा नपुग्दै बाटैबाट गयाब भयो । खानेतेल बोकेको ट्रकलाई प्रहरीले धनुषाको ढल्केबरबाट गत मंगलबार वेवारिसे अवस्थामा फेला पारेको थियो । ट्रकमा केही कार्टुन तेल मात्र बाँकी रहेको भेटियो ।

यता ट्रकका चालक र सहयोगी फरार भएका छन् । चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुनसक्ने प्रहरीले आशंका छ । सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय गोलबजार खोजविन सुरु गरेको छ । 

उक्त ट्रकमा २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल करिब ४६ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले बताएका छन् । वेवारिसे अवस्थामा फेला परेको ट्रक र खानेतेल खरिद–बिक्री भएको सूचनाको आधारमा छानबीन भैरहेको भन्दै एसपी भण्डारीले अनुसंधान भैरहँदा धेरै कुरा बताउन नसकिने बताए ।

Apan Dainik News

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित