महासंघ निर्वाचनको संकेत

महासंघ निर्वाचनको संकेत

सम्पादकीय
चैत्र २७, २०७७ मा प्रकाशित
१८२ पटक पढिएको
महासंघ निर्वाचनको संकेत

नेपाल पत्रकार महासंघको केन्द्र देखी जिल्ला तहसम्म ऐतिहासिक मतदान सम्पन्न भएको छ । केन्द्रिय २६औं महाधिवेशनको क्रममा यसपाली प्रत्यक्ष प्रणाली मार्फत मतदान भएको छ । नेपाल पत्रकार महासंघले अपनाएको यो निर्वाचन विधि ऐतिहासिक हो । एकै पटक संघ,प्रदेश र जिल्ला तहको नेतृत्व चयन गरेको छ । 
१३ हजार मतदाता रहेको महासंघको यस निर्वाचनवाट कतै नयाँ  अनुहार, कतै महिलाको नेतृत्व स्थापित भएको छ । नेपाली प्रेसको साझा संस्थाका रुपमा रहेको महासंघको निर्वाचनलाई सवै राजनीतिक दलदेखी स्थानीय–संघीय तहका जनप्रतिनिधिको नजर रहेको थियो । देशभरी दल निकटका पत्रकार संस्थाहरुको मिश्रित नतिजा जिल्लाहरुमा देखिएको छ । 
लोकतान्त्रिक विधि अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएपनि दलगत दलदलवाट पत्रकारका संस्था माथी उठ्न सकेको छैन् । महासंघलाई साझा बनाई राख्न र सक्रिय पत्रकारको श्रमको सम्मानसंगै समुचित हितमा काम गर्न नयाँ नेतृत्व सक्षम हुनुपर्छ । सरकारको प्रतिपक्षीको रुपमा संचार जगत रहनु पर्छ । महासंघका नेतृत्वकर्तापनी आफ्ना सक्रिय सदस्यको हितलाई पहिलो प्राथमिकता दिई आवेदन निति, कार्यक्रम, प्रशिक्षण, स्वास्थ्य विमा, दुर्घटना विमा, पेन्सन जस्ता आधारभूत आवश्यकतालाई पूरा गर्ने गरि अगाडी बढ्नु जरुरी छ ।
प्रत्यक्ष निर्वाचनमा देशभरका पत्रकारको सक्रिय सहभागी सहितको मतदान गर्नु भनेको अबको नेतृत्वप्रती ठूलो आशा राखेका छन् । महासंघको यो निर्वाचनले देशमा प्रत्यक्ष प्रणाली मार्फत कार्यकारी प्रमुख चुन्न सकिने कुरालाई बल प्रदान गर्ने संकेत पनि गरेको छ ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित