थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

अपन दैनिक
चैत्र २६, २०७७ मा प्रकाशित
१०७ पटक पढिएको
थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बिहीबार थप ३३२ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको चार हजार ६ वटा पिसिआर परिक्षणका क्रममा थप ३३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।

त्यस्तै थप ७९ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुईलाख ७३ हजार ६०८ संक्रमित निको भएका छन् ।

गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म तीन हजार ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

नेपालमा हाल दुई हजार ४ सय ५४ आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै हालसम्म २३ लाख २ हजार १ सय ७३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित