युवासंघको जिल्ला भेला गोलबजारमा

युवासंघको जिल्ला भेला गोलबजारमा

अध्यक्ष नरेश शाही आउदै

अपन दैनिक
चैत्र २६, २०७७ मा प्रकाशित
२५१ पटक पढिएको
युवासंघको जिल्ला भेला गोलबजारमा

सिरहा, २६ चैत । युवा संघलाई पुर्नःगठन र सुदृढीकरण गर्न सिरहा जिल्ला भेलाको आयोजना गरेको छ । 
सिरहाको गोलबजारमा भेलाको सम्पूर्ण तयारी पूरा भएको युवा संघ नेपालका सिरहा जिल्ला संयोजक राजेश यादवले बताएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजित गरेपछि तात्कालिक नेकपा एमालेका भातृ संस्थाका रुपमा रहेको युवा संघ नेपालले बदलिँदो परिवेश अनुसार अगाडि बढ्न सिरहा जिल्ला भेलाको आयोजना गरेको छ ।
भेलालाई संघका केन्द्रिय अध्यक्ष नरेश शाहिले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । जिल्ला संयोजक यादव अनुसार भेलामा जिल्ला, क्षेत्र र नगर कमिटिका करिव ७ सय वढी पदाधिकारी र सदस्यहरुको सहभागीता रहनेछ । नेकपा एमालेका भातृ संस्था रहेका युवा संघको सिरहा जिल्ला भेलामा माधव नेपाल पक्षका जिल्ला तहका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
उक्त भेलावाट युवा संघ सिरहा जिल्लाको नयाँ कमिटी पनि चयन गर्ने तयारी भएको संयोजक यादवले बताए ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित