भारतको मध्य प्रदेशमा लकडाउन

भारतको मध्य प्रदेशमा लकडाउन

अपन दैनिक
चैत्र २६, २०७७ मा प्रकाशित
११७ पटक पढिएको
भारतको मध्य प्रदेशमा लकडाउन

काठमाडौँ । भारतको मध्य प्रदेशमा लकडाउन गरिने भएको छ । मध्यप्रदेश सरकारले शुक्रवार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म राज्यका सबै सहरी क्षेत्रमा पूर्णरुप लकडाउन गरिने घोषणा गरेको छ।

प्रदेश सरकारका अनुसार लकडाउन गर्नुमा कोरोनाको बढ्दो घटनालाई ध्यानमा राखी लिइएको बीबीसीले जनाएको छ। मध्यप्रदेश मुख्यमन्त्री शिवराजसिंह चौहानले सबै ठूला शहरहरूमा कन्टेन्टमेन्टक्षेत्र पनि निर्माण भइरहेको बताएका छन्।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । केही समययता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतका विभिन्न राज्यमा लकडाउन र रात्रिकालीन कर्फ्यू गरिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ । त्यसैगरी, २४ घण्टामा भारतमा ६ सय ८४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ जना पुगेको छ । यस्तै भारतमा १ करोड १८ लाख ४८ हजार संक्रमणमुक्त भएका छन् ।

भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित