मिर्चैयामा विष्णु महायज्ञ सुरु

मिर्चैयामा विष्णु महायज्ञ सुरु

धार्मिक कार्यक्रम अहिलेको आवश्यकता : राजकिशोर यादव

अपन दैनिक प्रिन्ट संस्करण
चैत्र २६, २०७७ मा प्रकाशित
५०१ पटक पढिएको
मिर्चैयामा विष्णु महायज्ञ सुरु

सिरहा । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले धार्मिक कार्यक्रम समाजका लागि अहिले आवश्यकताको विषय रहेकोे बताएका छन् ।
सिरहाको मिर्चैया नगरपालिका– ४ स्थित बगैंचामा आयोजित ११ दिने विष्णु महायज्ञको विधिवत् उद्घाटन गर्दै नेता यादवले यस्तो बताएका हुन् । समाजमा आधुनिकतासँगै धार्मिकता धरापमा परेको भन्दै धार्मिक जागरण कार्यक्रम समाजमा अहिले आवश्यक रहेकोे औल्याए ।
उनले यस्ता कार्यक्रमले समाजमा सद्भावको विकास र शान्ति कायम गर्ने विश्वास व्यक्त गरे । धार्मिक कार्यक्रमले समाजबाट अशान्ति हट्ने र समतामूलक समाजको निर्माण हुने प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल बताउँछन् ।
समाजमा हुने गलत कार्यहरू यस्ता धार्मिक कार्यक्रमले न्यूनीकरण हुने उनको धारणा छ । भौतिक विकासले मात्रै देश र समाज समृद्ध नहुने भन्दै सामाजिक रुपान्तरणका लागि युवा पुस्ता अगाडी आउनुपर्ने प्रदेश सांसद दिलिप साहले बताए ।
बैशाख ४ गतेसम्म चल्ने यो महायज्ञ स्थानीय दाताहरुकै सहयोग र अगुवाइमा आयोजन गरिएको छ । यहाँ पहिलोपटक आयोजित महायज्ञमा विभिन्न देवीदेवताका गरी १२१ मूर्तिहरु निर्माण गरिएको छ ।
महायज्ञमा विविध प्रकारका खेल, तमासा तथा धार्मिक कार्यक्रम आयोजन पनि गरिएको आयोजकले जनाएको छ । महायज्ञमा तान्त्रिक बाबाले कथा वाचन तथा विशेष प्रवचन दिनेछन् ।
११ दिने महायज्ञको भव्य व्यवस्थापन गरिएको आयोजक समितिका अगुवा तथा वडा ४ का वडाध्यक्ष दिनेश यादवले जानकारी दिए । महायज्ञमा बाहिरबाट आएका भक्तजनका लागि पनि उचित व्यवस्था मिलाइएको उनले बताए । 
शान्ति सुरक्षालाई मध्यनजर यज्ञस्थलमा प्रहरी परिचालन गरिएको उनले जनाए । पौराणिक धार्मिक मान्यता सम्वद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिएको समितिले बताएको छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित